दर्शनार्थी बोकेको बोलेरो दुर्घटना: तीन जनाको मृत्यु, १४ घाइते



२९ कात्तिक ओखलढुंगा। चम्पादेवी ककनी मन्दिर दर्शन गर्न हिँडेको बोलेरो जीप सोमबार दुर्घटना हुँदा तीन जनको मत्यु भएको छ । १४ जना घाइते भएका छन् ।

सुनकोशी गाउँपालिका(८ च्यानम हुँदै ककनीतर्फ जाँदै गरेको प्रदेश३(०१(०२२ च ९६९४ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । मन्दिरतर्फ जाने क्रममा गाडी सुनकोशी गाउँपालिका(९ को जौबारी नजिकैको कुसाङमाभ सडकबाट करीब ६ सय मिटर तल खसेको थियो ।

दुर्घटनामा परी घाइते भएकाको उद्धार गरी उपचारका लागि सामुदायिक अस्पताल सोब्रु पठाइएको वडा अध्यक्ष झनक कार्कीले जानकारी दिए । गम्भीर घाइतेलाई काठमाडौं लैजान हेलिकोप्टर झिकाइएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : कार्तिक २९, २०७८ सोमबार  १० : २४ बजे