शुक्रबार २९६ सङ्क्रमित थपिए



पछिल्लो २४ घण्टामा थप २९६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आठ हजार ९७२ जनामा कोरोना परीक्षण गर्दा २९६ जनामा सङ्क्रमण पुष्टि भएको हो । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित सात हजार ५३९ रहेको छन् । नेपालमा सङ्क्रमण दर १८ प्रतिशत पुगेको छ ।

पाँच सयभन्दा बढी सङक्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा २०० भन्दाबढी सङ्क्रमित भएका जिल्ला नौ रहेका छन् । ती जिल्लामा मोरङ, सुनसरी, झापा, भक्तपुर, कास्की, पूर्वीनवलपरासी, रुपन्देही, बाँके र कैलाली रहेका छन् ।

प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार  ५ : ४१ बजे