कानुन व्यवसायीलाई प्रहरीले घाइते बनाएपछि सर्वोच्चद्वारा दुःख व्यक्त



३ मंसिर काठमाडौं । बिहीबार सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीमाथि प्रहरीले बल प्रयोग गरेर घाइते बनाएपछि सर्वोच्च अदालते दुःख व्यक्त गरेको छ ।

शुक्रबार अदालतको प्रशासन महाशाखाले बिहीबार घटेको अप्रिय घटनामाथि दुःख व्यक्त गर्दै घाइते सबैमा शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

बिहीबार नेपाल बार एशोसिएसनका कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका थिए । विरोध प्रदर्शनका क्रममा प्रहरीले उनीहरुमाथि बल प्रयोग गरेको थियो ।

आगामी दिनमा त्यस्तो खालको अप्रिय घटना घट्न नदिन पनि सर्वोच्चले विज्ञप्तिमार्फत भनेको छ ।

प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार  ५ : ४९ बजे