सोमबार ३८५ सङ्क्रमित थपिए, ४ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा नेपालमा ३८५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ९ हजार ९२१ पीसीआर र २ हजार ७७६ एन्टीजेन परीक्षण गर्दा उक्र सङ्ख्या सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

तेसैगरी पछिल्लो २४ घण्टामा २५८ जना कोरोना मुक्त भए भने सोही अवधिमा ४ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५०० पुगेको छ ।हालसम्म देशमा सात हजार २६९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रकाशित मिति : मंसिर ६, २०७८ सोमबार  ५ : ०६ बजे