मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्री यादवद्वारा कांग्रेस प्रदेश २ सभापतिमा उम्मेदवारी घोषणा,उपसभापति निधी अफ्ठेरोमा



प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले नेपाली कांग्रेसका प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।सोमबार निवासमा पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री यादवले उक्त घोषणा गरेका हुन् । कांग्रेसका प्रदेश २ का संसदीय दलका नेतासमेत रहेका मन्त्री यादवले पार्टीलाई बलियो बनाउन तथा निर्वाचनमा राम्रो परिणाम ल्याउने लक्ष्यसहित आफूले प्रदेश सभापतिमा उम्मेदवारी दिन लागेको बताए ।

प्रदेश सभापतिमा विजयी भएपछि आफूले ८ कट्टा जग्गामा सुविधा सम्पन्न प्रदेश भवन बनाउने मन्त्री यादवले प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । १४ वर्षसम्म नेपाली कांग्रेस धनुषाका सभापति रहिसकेका मन्त्री यादवले पाँच जिल्ला विकास धनुषाका सभापति रुपमासमेत बसेका थिए ।कांग्रेसका उपसभापति बिमलेन्द्र निधी निकट मन्त्री यादवले प्रदेश सभापति उम्मेदवारी दिएपछि प्रदेश २ का निधीको समीकरण बिग्रिने जानकारहरूको भनाई छ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ६ : ४७ बजे