मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज हुनमानको आराधना गर्नु राम्रो, तपाईँको राशिफल थाहा पाउनुहोस्



आज मंगलबार , तद्अनुसार २३ नोभेम्बर, २०२१ , आज सूर्योदय बिहान ६ः३१ मा र सूर्यास्त साँझ ५ः१० मिनेटमा हुनेछ ।मार्गशीर्ष कृष्णपक्ष चतुर्थी आजको दिनलाई मंगलचौथी पनि भनिन्छ । चन्द्रमा मिथुन राशिमा, आद्रा नक्षत्र र साध्य योग रहेको छ । आजका देवता सावित्री हुन भने ग्रहदेव शुक्र हुन । मंगलबारको दिन पारिवारिक काम गरेमा शुभ हुन्छ । आजको शुभ समय बिहान ११ः३० देखि १२ः१२ सम्म रहेको छ । त्यस समयमा कुनै नयाँ काम गर्नसक्नुहुनेछ । मंगलबारको दिन बिहान गणेश मन्दिर जाने र हुनमानको आराधना गर्नु राम्रो मानिन्छ ।

मेष – मेष राशि भएका जातका लागि हरेक मंगलबार मनमा प्रसन्नता छाउने छ । धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजय प्राप्त हुनेछ । शत्रुमाथिको विजय प्राप्ति हुने भए पनि आर्थिक हानी हुने देखिन्छ । आजको दिन तपाईँले बजारमा सामान खरिद नगर्दा राम्रो हुन्छ । दैनिक उपभोगबाहेक विलासिताको सामान खरिद गर्दा विचार गर्नुहोला । अनावश्यक सामान खरिद नगर्नुहोला ।

वृष -अध्ययन अनुसन्धानमा कम रुचि र मनमा चिन्ता बढ्नेछ । कुनै नयाँ अध्यात्मशास्त्रका पुस्तक खरिद गर्दा अध्ययनमा रुचि बढ्नसक्छ । यदी आजको दिन यात्रा गर्न खोज्नु भएको छ भने त्यति फलदायी भन्दा यात्रा कष्टकर हुनेछ । यदी यात्रा गर्नै पर्ने छ भने पूर्व दिशा तर्फ फर्केर यात्रा शरुवात गर्नुहोला ।

मिथुन – आजको दिन निकै शुभ छ । चन्द्रमाको साथ रहेको छ । व्यापामा रहेका साझेदारसँग फाइदा हुनेछ । तपाईँले सोचअनुसारको कुनै पनि काम गर्न सक्नुहुनेछ । आजको दिन काम गर्दा गणेशको आरधना गरेर काम गर्नुभयो भने तपाईँको गर्ने काममा सफलता मिल्नेछ । त्यसैले नयाँ काम गर्न सक्नुहुनेछ । यात्रा गर्दा पनि सफलता र फलदायी हुनेछ ।

कर्कट ९हि।हू।हे।हो।डा।डि।डु।डे।डो० स् धन प्राप्तिको योग बनेको छ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । निराशा हटेर आशाका किरण फैलने छन् । विगतमा तपाईँप्रति विरोध गर्नेले तपाईँलाई सम्मानका शब्द प्रयोग गर्नेछन् । सापट दिएका धन फिर्ता हुनसक्छ । आर्थिक कारोबार गर्दा ध्यान दिनुहोला ।

सिंह – आजको दिन मौन रहनु हित हुनेछ । घरपरिवार र मित्रसँग अनावश्यक विवाद नगर्नु होला । लामो दूरीको यात्रा पनि नगर्दा राम्रो हुनेछ । स्वास्थ्यमा प्रतिकूल असर र आर्थिक व्यय हुने सम्भावना बढी छ । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । तपाईँले विश्वास गरेको मित्रबाट दुःख र धोका हुनसक्छ ।

कन्या – परिवार र दाम्पत्य जीवनमा सुख, समृद्धि हुने छ । मंगलबारका दिन कुनै नयाँ काम शुरुवात र मानसम्मान मिल्न सक्छ । तपाईँले गरेको कामको मान सम्मान र व्यवसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन तपाईँले केही बाल कन्यालाई फलफूल उपहार दिनुभयो भने तपाईको मनमा प्रशन्नता छाउनेछ । आजको दिन उपहार साटाटाट गर्दा फाइदा हुनेछ ।

तुला – आजको दिन त्यति अनुकुल देखिदैन । अनावश्यक यात्रा र अनावश्यक खर्च ब्ययभार बढ्ने छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । परिवारका सदस्यमा समेत स्वास्थ्य समस्या हुनसक्छ त्यसैले आजको दिन कुनै पनि काम गर्दा ध्यान दिनुहोला । सोचअनुसार काम नहुँदा मनमा अनेक चिन्ता छाउने छ । त्यसैले आजको दिन सकारात्मक सोच राख्नुहोला ।

वृश्चिक – व्यापारबाट लाभ हुने देखिन्छ । स्त्रीबाट साथ सहयोग मिल्नेछ । घरबाट बाहिर निस्कदा परिवारकाका सदस्यलाई जानकारी दिएर काममा निस्कनु भयो भने आजको दिन तपाईँको कार्य सफलता मिल्नेछ । आफन्त र मित्रजनले भेटघाट र भोजनका लागि अनुरोध समेत गर्नेछन् । आजको दिन मित्रसँग भेट गर्दा लाभकारी कार्ययोजना बन्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ ।

धनु – तपाईँले गरिरहनु भएको काममा सफलता मिल्नेछ । तपाईँलाई साथ सहयोग दिने कुनै एक जना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने तपाईँलाई सकारात्मक उर्जा भरिने छ । मठमन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनु राम्रो मानिन्छ। व्यापारमा सफलता मिल्नेछ । आर्थिक कारोबार गर्दा विचार पुर्‍याउनु होला ।

मकर – मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । तपाईँले आज आफ्नो बसोबास भएको स्थानमा रहेको मठ मन्दिर दर्शन गर्दा तपाईले उत्साह प्राप्त गर्नसक्नुहुन्छ ।

आजको दिन हुनमानको दर्शन र हुनमान चालिसा पाठ गर्ने वा सुन्ने मात्रले पनि उर्जा थप हुनेछ । सात सातासम्म रहेक मंगलबार गणेशमन्दिरमा दर्शन गर्नाले तपाईँको ग्रहदोष कम हुँदै जानेछ ।

कुम्भ – नयाँ, काम र यात्रा गर्दै हुनुहुन्छ भने ध्यान दिनुहोला । स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूवै तयारी गर्नुहोला । आकस्मिक समस्या र मनमा अशान्त छाउने छ । तपाईले सोचअनुसारको काममा कठिनाई हुनेछ । यदी व्यापारमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । आजको दिन तपाईँले बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ ।

मीन – आजको दिन तपाईँले गर्न खोज्नुभएको काममा सफलता मिल्नेछ । बिहान उठेर सूर्योदयको दर्शन र नजिकैको गणेश मन्दिरको दर्शन गरेर काम गर्दा सफलता प्राप्त हुन्छ ।

अध्ययन अध्यापनको क्षेत्रमा सोचेभन्दा बढी सफलता मिल्नेछ । सेवामूलक काम गर्नुभयो भने समाजबाट मानसम्मान मिल्नेछ । तपाईले जे काम गरिरहनु भएको छ । त्यही कामबाट तपाईले सफलता प्राप्त गर्नुहुनेछ । साँझको समयमा शिवालय जानु तपाईको लागि उत्तम हुनेछ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ८ : ४५ बजे