मध्यरातमा जाजरकोटमा बस दुर्घटनाः ५ जनाको मृत्यु, ३० घाइते



जाजरकोटमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा ३० जना घाइते भएका छन् । नेपालगन्ज देखि राडिबजार आउदै गरेको ना.६ ख. २७५७ नम्बरको रात्री बस जाजरकोटको बराहचौर नजिक राती दुई बजे दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका ३० जनाको जिल्ला अस्पताल उपचार भैरहेको छ । दुर्घटनामा दुई जना पुरुष, दुई जना महिला र एक बालिकाको मृत्यु भएको छ । दुर्घटनास्थल जिल्ला सदरमुकामबाट १० किलोमिटर पश्चिममा पर्दछ ।

प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार  ८ : २९ बजे