मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यूएईविरुद्ध नेपाल टस जितेर बलिङ गर्दै



 

आइसीसी महिला टि २० विश्वकप एसिया छनोटमा अहिले नेपाल र संयुक्त अरब इमिरेट्स यूएई बीचको खेल जारी छ । दुबईमा जारी खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने गरेको लिएको हो । आयोजक यूएईले टस हारेसँगै ब्याटिङ सुरु गरिसकेको छ । अन्तिम तथा निर्णायक खेलको विजेता शीर्ष स्थानमा रहँदै आगामी वर्ष हुने टि २० विश्वकप ग्लोबल छनोटमा स्थान बनाउँनेछ । आइतबार नेपाल र यूएई दुबै टोली खेल जित्दै ग्लोबल छनोटमा स्थान बनाउन चाहन्छन् । यूएई ४ खेलमा ४ जितका साथ ८ अंक बनाएर शीर्ष स्थानमा छ । नेपाल ४ खेलमा ३ जित, १ हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ । नेपाललाई जित मात्रले पुग्दैन । रन रेटमा पनि ध्यान दिनुपर्ने हुन्छ ।

नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराउँदा कुवेतलाई ९ विकेटले पराजित गरेको थियो । अन्तिम खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । यूएईले मलेसियालाई ३० रन, हङकङलाई ११ रन, भुटानलाई ४७ रन र कुवेतलाई ७ विकेटले पराजित गरेको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  १२ : २२ बजे