नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजीनिक दलहरुले राजनीतिलाई मेवा खाने क्षेत्र मात्रै बनाएको बताएका छन् । राजनीति सेवाको क्षत्र भएपनि अहिले नेतृत्वलले मेवा खाने क्षेत्रका रुपमा मात्रै लिएको बताए । कांग्रेस नेता लोकश ढकालको ‘नेपाली राजनीति, राष्ट्रप्रेम, विचार र आदर्श’ पुस्तक विमोचन गर्दै सिंहले राजनीतिक दलले राजनीतिलाई मेवा खाने क्षेत्र बनाउँदा लोकतन्त्र नै खतरामा परेको बताएका छन् ।
अहिले नेताहरुले नै राजनीतिक धर्म छाडेकाले पनि समस्या उत्पन्न भएको सिंहको भनाई छ । नेता सिंहले अहिले लोभ–लालचमा नफसी, प्रलोभनमा नपरी आउने दिनहरूलाई सुधारेर जान सक्ने र राम्रो बनाउने अवसर आएको पनि बताएका छन् । उनले अहिले कांग्रेसलाई प्रभावशाली नेतृत्व आवस्यक रहेको भन्दै कांग्रेस नै कमजोर भएमा लोकतान्त्रीक पद्धति नै धरापमा पर्ने खतरा औंल्याएका छन् । साथै ०४६ सालपछि कांग्रेस सत्ता र शक्तिको लालचमा परेर बिग्रिएको नेता सिंहको भनाई छ ।








