थाहा पाउनुहोस् तपाईँको आजको राशिफल



आजको पात्रो : १६ मंसिर, बिहीबार । २ डिसेम्बर । मार्गशीर्ष कृष्णपक्ष त्रयोदशी तिथि, स्वाती नक्षत्र, शोभन योग, चन्द्रमा तुला राशिमा छ । आज सूर्योदय बिहान ६ बजेर ३९, सूर्यास्त ५ बजेर ६ मिनेटमा हुनेछ । अध्ययन अनुसन्धान र लेखनको कामको शुरुवातका लागि बिहीबारको दिन शुभ मानिन्छ । आजका देवता वृहस्पति र ग्रहदेव सूर्य नारायण हुनुहुन्छ ।

आजको दिन व्यापारव्यवसायको शुरुवातको लागि शुभ मानिन्छ । आज साँझ शिवालयहरुमा रातभर दीप प्रज्वलन गर्ने दिन हो । भोलि बालाचर्तुदशी हो । आज साँझ पशुपतिनाथ र देशभरका शिवालयमा पितृदेवका नाम स्मरण गर्दै दीप प्रज्वलन गर्ने गरिन्छ । भोलि बिहान सतबीच छर्ने गरिन्छ । शास्त्रीय मान्यताअनुसार आज साँझ देवालयमा दीप प्रज्वलन गर्दा पितृहहरू उद्धार हुने मान्यता छ ।

 

मेष (चु।चे।चो।ला।लि।लु।ले।लो।अ) आजको दिन सामाजिक र धार्मिक काममा गर्नुहुने कामबाट तपाईँलाई मानसम्मान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ, आफूभन्दा उच्चव्यक्तिबाट प्राप्त हुने सम्मानले तपाईँको मनमा नयाँ काम गर्न मन लाग्नेछ । तपाईँले आजको दिन शुरुवात गरेको काम छिटो सम्पन्न हुनेछ ।

वृष ९इ।उ।ए।ओ।वा।वि।वु।वे।वो० स् आकस्मिक अर्थलाभ हुनेछ । व्यापारव्यवसायबाट नसोचेको धन प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । परिवार र दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । यात्राबाट तपाईँलाई फाइदा हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ ।

मिथुन ९क।कि।कु।घ।ङ।छ।के।को।ह० स् नयाँ खबरले तपाईँको मनमा खुसियाली छाउने छ । घरपरिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ । सत्कार्यका लागि तपाईँले गरेको कामअनुसारको फल प्राप्त हुनेछ । सकारात्मक सोच राखेर काम र कुरा गर्न उत्तम हुनेछ ।

कर्कट ९हि।हू।हे।हो।डा।डि।डु।डे।डो० स् आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने यात्राबाट फाइदा पुग्नेछ । तपाईँको सोचअनुसारको काम गर्दा फाइदा हुन्छ । व्यापारमा नयाँ लगानी गर्नु पनि सकिन्छ । अध्ययनअध्यापनमा लागेका नयाँ अवसर प्राप्त हुनेछ । आजको दिन आफूले सम्मान गर्ने व्यक्तिसँगको मिलन फाइदाजनक हुनेछ ।

सिंह ९मा।मि।मु।मे।मो।टा।टि।टु।टे० स् बिहान सूर्योदयको दर्शन गर्नुहोला । तपाईँलाई अनावश्यक विवाद हुनसक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । त्यसैले आजको दिन मौन रहेर आफ्नो नियमित कार्य गर्नुहोला । कसैसँग विवाद हुनसक्ने भएकाले नियमित काम बाहेक नयाँ कामका लागि दिन त्यति उपयुक्त छैन ।

कन्या ९टो।प।पी।पू।ष।ण।ठ पे।पो० स् यात्राको लागि अवसर आउनसक्छ । नयाँ मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । आजको दिन कुनै देवीमन्दिरको दर्शन गरेर काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ ।

तुला ९ रा।री।रु।रे।रो।ता।ती।तु।ते० स् आजको दिन सोचअनुसार काम हुनेछ । व्यापारमा हुनुहुन्छ भने आजको दिन तपाईँलाई फाइदा हुन्छ । धैर्यको आवश्यकता हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु होला । चन्द्रमाको साथ भएकाले परिवार र आफन्तजनहरुबाट समेत सहयोग हुनेछ । कुनै शिवालय र वा देवालयमा गएर असक्तलाई खानेकुरा दिनुभयो भने उत्तम हुनेछ ।

वृश्चिक ९तो।ना।नि।नु।ने।नो।या।यि।यु० स् आजको दिन सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईँले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट सफलता प्राप्त हुनेछ । तपाईँमाथि अनावश्यक आरोप लाग्नसक्छ त्यसैले आफ्नो नियमित काम गर्दा सकात्मक सोच राखेर काम गर्नुहोला । परिवारमा हुने विवादले समस्या हुनसक्छ त्यसैले धैर्य र मौन रहनु नै बेस हुनेछ ।

धनु ९ये।यो।भा।भी।भु।ध।फा।ढ।भे० स् परिवार तथा आफन्तजनको साथ सहयोगले तपाईँको कार्य प्रगति हुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन व्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थप हुनेछ । मित्रमण्डलीबाट असहयोग हुनसक्नेछ। साथ सहयोग कसैको नहुँदा पनि तपाईँको मनमा उर्जाका लागि देवालय र शिवालयको दर्शन गर्नु भएमा मनमा उत्साह थपिने छ ।

मकर ९भो।जा।जी।जू।जे।जो।ख।खि।खु।खे।खो।गा।गी० स् आजको दिन तपाईँले सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ । आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । आफ्नो कर्मयात्रामा हिँडिरहेकालाई नसोचेको सम्मान मिल्नसक्छ । मनमा निकै हर्ष छाइरहने छ बिहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ ।

कुम्भ ९गु।गे।गो।सा।सी।सु।से।सो।द० स् आजको दिन मनमा अति खुसी छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट बाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुभयो भने मानसम्मान मिल्नेछ । सामाजिक काममा मन जानेछ । परिवारभित्र खुसीयाली छाउने छ । परिवारका जेष्ठ सदस्यलाई उपहार दिनु राम्रो हुनेछ ।

मीन ९दी।दु।थ।झ।ञ।दे।दो।च।ची० स् मीन राशिमा जातकले विहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने जातकले आजको दिन विहान सूर्यस्तोत्र पाठ गर्दा सकारात्मक सोच बढ्नेछ । तपाईले गर्न खोजेको काममा पनि सफलता मिल्नेछ । साँझको समयमा शिवालयमा पुगेर आरती दर्शन गर्दा सकारात्मक उर्जा थपिने छ। मीन राशिका व्यक्तिका लागि बिहीबार विशेष दिन हो ।

प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार  ८ : २१ बजे