भारतमा पनि कोरोनाको ‘ओमिक्रोन’ भेरियन्ट भेटिएको पुष्टि



भारतमा पनि कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको छ। पछिल्लो २४ घन्टाभित्रै भारतमा दुई जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित भएको अधिकारीहरुले बताएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार ६६ वर्षीय र ४६ वर्षीय दुई जना व्यक्तिहरुमा ओमिक्रोन भेरियन्ट फेला परेको हो। स्वास्थ्य मन्त्रालयका संयुक्त सचिव लव अग्रवालका अनुसार दुवै संक्रमित कर्नाटकमा फेला परेको हो।

दक्षिण अफ्रिकामा पहिलो पटक देखा परेको ओमिक्रोन भेरियन्ट २९ वटा देशमा फैलिसकेको छ। यो सामान्य कोरोनाभन्दा पाँच गुणा बढी खतरनाक रहेको बताइएको छ।

प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार  ५ : २१ बजे