दसैँको टीकाको चौथो दिन: मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी



चितवन,कात्तिक ७ । विजयादशमीका दिन टीका थाप्न नभ्याएका आफन्त तथा चेलीबेटीका लागि आज पनि दसैँको टीका लगाउने क्रम जारी छ । एकादशीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद थाप्ने परम्परा नेपाली समाजका कतिपय ठाउँमा रहिआएको छ ।

दसैँको मुख्य दिन घर पुग्न नसकेका छोरीचेली, आफन्त तथा टाढा रहेका परिवारका सदस्यहरू यस अवधिमा टीका थाप्न आउने गर्छन् । त्यसैले विजयादशमीपछि पनि घरघरमा टीका लगाउने र आफन्तसँग भेटघाट गर्ने क्रम जारी रहन्छ।

प्रकाशित मिति : कार्तिक ७, २०८३ शनिबार  ९ : ०३ बजे