मध्यम स्कोर बनाउने क्रममा लुम्बिनीको लागि कप्तान देवले ७० रन बनाए । ९५ बल खेलेका देवले ५ चौका र ४ छक्का प्रहार गरेका थिए । विशालबिक्रम केसीले ५१ रन बनाए । विशालले ६९ बल खेल्दै ४ चौका र २ छक्का हिर्काए । यस्तै, दुर्गेश गुप्ताले ३२ रन बनाउँदा विकेट किपर प्रज्वल थापाले २४ रनको योगदान दिए । यता, टस जितेर फिल्डिङ गरेको सुदूरपश्चिमका लागि आकाश चन्दले सर्वाधिक ३ विकेट लिए । शेर मल्ल र हेमन्त धामीले समान २ विकेट लिँदा नरेन साउद र राहुल भण्डारीले समान १ विकेट हात पारे । यस प्रतियोगिताबाट छनोट भएका खेलाडीले एसीसी यू-१९ पुरुष एसिया कप क्रिकेट खेल्ने छन् । खेल संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुनेछ ।
मंसिर १९, २०७८ आईतबार
24
Shares










