भारत-पाक छुट्याउने रेखामा जन्मियो सीमा



सन् २०२१ को डिसेम्बरमा भारत र पाकिस्तानको सीमामा शिशु जन्मिएको छ । पाकिस्तानी महिलाले दुई देशको अत्तरी सीमामा शिशु जन्माएकी हुन् । र, बच्चाको नाम सीमा राखिएको छ । शिशु जन्मिएको क्षेत्र अत्तरीमा शिशुका अभिभावकसहित ९७ जना पाकिस्तानी ७१ दिनदेखि बिचल्लीमा परेका छन् ।

दुई देशको सीमामा शिशु जन्मिएकोले उसको नाम पनि सीमा राखिएको शिशुका अभिभावक निम्बु बाई र बलाम रामले बताए । बलामका पुर्खा भारतको पञ्जाब प्रान्तको रजनपुर जिल्लाबाट पाकिस्तानमा बसाइ सरेका थिए । निम्बु बाइ गर्भवती थिइन् । २ डिसेम्बरमा उनलाई प्रसुति व्यथा लागेको थियो । निम्बुलाइ सहयोग गर्न पन्जाबबाट केही मानिस अत्तरीमा अ‌ाएका थिए । बच्चा जन्माउन स्थानीयले पनि सहयोग गरेका थिए ।

बलरामसँगै अन्य ९८ जना धार्मिक भ्रमणाका क्रममा लकडाउनअघि भारत अ‌ाएका थिए । भारत भ्रमणका क्रममा उनीहरुले केही अ‌ाफन्तजनहरुसँग पनि भेट गरेका थिए । तर, अ‌ावश्यक कागजातको अभावमा उनीहरु फर्किन पाएका थिएनन् । उनीहरुमध्ये ४७ जना बालबालिका छन् । ती मध्ये ६ जना भारतमा जन्मिएका हुन् । उनीहरु सबै एक बर्ष मुनिका छन् । रामबाहेक अर्का पाकिस्तानी नागरिक लग्या राम पनि त्रिपालमै बसेका छन् । उनले पनि गत वर्ष जोधपुरमा पुत्र जन्माएका थिए, जसको नाम भारत राखिएको छ । लग्या जोधपुरमा अ‌ाफ्ना भाइलाई भेट्न जोधपुर अ‌ाएका थिए, तर उनी पाकिस्तान फर्किन पाएका छैनन् ।

 

 

 

प्रकाशित मिति : मंसिर २०, २०७८ सोमबार  ११ : ५२ बजे