राजनीति नियुक्तिका लागि गरिने सिफारिस गम्भीर रूपमा लिनु जरूरी छ: प्याकुरेल



संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक सोमबार बसेको छ । प्रस्तावित राजदूतको सुनुवाइका लागि सोमबार समितिको बैठक बसेको हो । सो बैठकमा कांग्रेसकी सांसद पुष्पा भुसालले उजुरीको सुचना निकाल्नुअघि नै पर्याप्त छलफल गर्नुपर्ने बताइन् । एमालेका सांसद सुमनराज प्याकुरेलले राजदूत नियुक्तमा समावेशीबारे प्रश्न उठाएका छन् ।

सुनुवाइ समितिले राजनीति नियुक्तिका लागि गरिने सिफारिसमा गम्भीर रूपमा लिनु जरूरी छ । उजुरी लिनुभन्दा पहिले नै समावेशिताको प्रश्न उठ्नुपर्ने हो । तर, प्रक्रियाअघि बढिसकेपछि बोल्नु अलि उपयुक्त हुँदैन । उजुरीको सुचना निकाल्नुअघि नै पर्याप्त छलफल गर्न सकिन्थ्यो । आगामी दिनमा गम्भीरतापूर्वक हेर्नुपर्छ । राजदूत नियुक्ति समावेशी छैन । समावेशी नगरी गरिने राजदूत नियुक्तिमा समितिको ध्यान जानुपर्छ । समावेशिताको प्रश्न गम्भीर उठ्यो, के कसो सरकारसँग जानकारी मागौं । अर्को बैठक बसेर सुनुवाइ अगाडि बढाउँ ।

 

प्रकाशित मिति : मंसिर २०, २०७८ सोमबार  १२ : ४० बजे