कांग्रेस महाधिवेशन: अझै मतदान सुरू भएन



नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनको नेतृत्वको लागि हुने भनिएको मतदान अझै सुरु भएको छैन । सोमबार बिहान ८ बजेबाट सुरु हुने भनिएको मतदान कार्य अझै सुरु भएको छैन ।

मतदाता मतदान गर्न लामबद्ध भइसकेका छन् । भृकुटीमण्ड, राष्ट्रियसभा गृह र प्रहरी क्लबमा मतदानका लागि व्यवस्था गरिएको कांग्रेस निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार प्रदेश १, बाग्मती र सुदूरपश्चिम प्रदेशको भृकुटीमण्डप र बाँकी राष्ट्रियसभा गृह र प्रहरी क्लबमा मतदानका लागि व्यवस्था गरिएको हो ।

प्रकाशित मिति : मंसिर २७, २०७८ सोमबार  ८ : ५१ बजे