हेर्नुहोस् आज सोमबारको सुनचाँदीको भाउ



साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएकोमा सोमबार पनि स्थिर रहेर सोही मूल्य नै कायम भएको हो । त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेर एक हजार १९० रुपैयाँ कायम भएको छ । आइतबार पनि सोही मूल्य नै कायम भएको थियो ।

प्रकाशित मिति : मंसिर २७, २०७८ सोमबार  ११ : १४ बजे