प्रदेश २ र गण्डकीबाट कसले कति मत पाए ?



नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका लागि प्रदेश २ र गण्डकीको १ हजार ७५ मतमध्ये सबैभन्दा बढी शेरबहादुर देउवाले पाएका छन् ।

उनले ५ सय ८१ मत पाउँदा शेखर कोइरालाले ४८२ मत पाए । त्यस्तै, विमलेन्द्र निधिले १६६,प्रकाशमान सिंहले ४५ र कल्याण गुरुङले ८ मत पाएका छन् । यी दुई प्रदेशबाट ३२ मत बदर भएको छ ।

प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार  ८ : ४५ बजे