१२ वर्षदेखि १७ वर्षसम्मका बालबालिकालाई आजबाट खोप लगाइँदै



सरकारले ५७ जिल्लामा पुस ४ गतेदेखि १४ गतेसम्म पहिलो मात्रा र माघ २ गतेदेखि १२ गतेसम्म दोस्रो मात्रा खोप कार्यक्र सञ्चालन गर्ने भएको छ ।

५७ जिल्लाका १२ वर्षदेखि १७ वर्षसम्मका बालबालिकालाई खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । वि।सं। २०६१ देखि ०६६ सालसम्म जन्मिएकाहरुले खोप लगाउन सक्ने छन् ।

यसैबीच, १२ वर्ष माथिका दीर्घ रोगहीरुलाई पनि खोप दिइने छ । यसअघि फाइजर खोप सञ्चालन भएका १९ र सिन्धुलीसहित २० जिल्लामा यो खोप कार्यक्रम सञ्चलन गरिनेछ ।

प्रकाशित मिति : पुस ४, २०७८ आईतबार  ९ : ३७ बजे