नेकपा एमालेका नेता सुवास नेम्वाङले संसदको गतिरोध हटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीसँग छुट्टै वार्ता गर्नुपर्ने बताएका छन् । अहिले गृहजिल्ला इलाम पुगेका नेता नेम्वाङले आइतबार सो कुरा गरेका हुन् । बैठकमा भोजमा बोलाए जसरी नजाने भन्दै उनले संसदको गतिरोध हटाउन पार्टीसँग प्रधानमन्त्रीले छुट्टै वार्ता गर्नुपर्ने बताए ।
उनले आफूहरुले कारवाही गरेको सांसदहरुलाई कारवाही नगरेसम्म बोलाएको बैठकमा सहभागी नहुने पनि बताए । उक्त बैठकमा एमालेले संसदमा जारी राखेको अवरोधका बिषयमा छलफल गरिने बताइएको छ । एमालेले सहभागी यसैबीच नेम्वाङले आफूहरुको माग पूरा नभएसम्म बैठकमा सहभागी नहुने बताएका हुन् ।








