मुगुमा यौन दुर्व्यवहारका घटना घट्दो क्रममा



हिमाली जिल्ला मुगुमा बलात्कार तथा यौन दुर्व्यवहारका घटनामा न्यून रहेका छन् । शनिवार आयोजना गरिएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि र अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० मुगुले सार्वजनिक गरेको तथ्यांक अनुसार मुगुमा यौन दुर्व्यवहारका घटनामा कमी आएको हो ।

इन्सेक मुगुले सार्वजनिक गरेको तथ्यांक अनुसार मुगुमा यस वर्ष बलात्कारका चार घटना घटेका छन् । गत वर्ष भने मुगुमा ११ वटा बलात्कार तथा यौन दुर्व्यवहारका घटना घटेका थिए । यस वर्ष ११ वटा बलात्कारका घटना घटेको नेपाल मानवअधिकार वर्ष पुस्तक २०२१ मा संकलित गरिएको इन्सेक मुगुका प्रतिनिधि जीवन सेजुवालले बताए ।

उनका अनुसार मुगुमा कुटपिट एक, बालअधिकार दुई, महिला दुर्व्यवहार तीन, चार बलात्कार, एक बहुविवाह, घरेलु हिंसा चार, स्वास्थ्य अधिकार एक र राजनीतिक अधिकार एक वटा रहेका छन् ।

मानवअधिकार वर्ष पुस्तकको वार्षिक समीक्षाका कार्यक्रममा यस्ता घटनालाई सत्य, तथ्य, निष्पक्ष हुनु पर्नेमा जोड दिएका छन् । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक जयसिंह धाविका अनुसार मानव अधिकारको पुस्तक प्रभावकारी हुने हुँदा जिल्लामा संकलित घटना परी घटना जस्ता क्रियाकलापलाई पारदर्शिता गर्न सुझाव दिए ।

प्रकाशित मिति : पुस ४, २०७८ आईतबार  ८ : ४२ बजे