हङकङको विधान परिषद् निर्वाचनमा बेइजिङ समर्थक उम्मेद्वारहरुले भारी जित हासिल गरेको दाबी गरेका छन् । चीनले हङकङलाई आफ्नो नियन्त्रणमा ल्याउने किसिमले लागु गरेको राष्ट्रिय सुरक्षा कानुन र निर्वाचन प्रणालीमा गरेको व्यापक परिवर्तन पछिको यो पहिलो विधान परिषद् निर्वाचन हो ।
चीनले हङकङको परिषद्का उम्मेदवारहरु छान्न एवं जाँच्न सक्ने किसिमको एक प्रस्ताव पारित गरेको थियो । यसले त्यहाँको लाकतन्त्रलाई कमजोर बनाएको बताइएको छ ।चिनियाँ प्रभुत्वका कारण विवादित अहिलेको यो विधानसभा निर्वाचनमा ३०-२५ प्रतिशत मतदाताले मात्र भाग लिएका थिए । विधान परिषद् हङकङको कानुन बनाउने र परिमार्जन गर्ने शक्तिशाली अंग हो । हङकङको विधान परिषद्को यो निर्वाचनमा ऐतिहासिक किसिमले चिनियाँ प्रभाव परेको र चीन समर्थकहरु चुनिएको बताइएको छ ।










