कांग्रेस महाधिवेशन: प्रदेशतर्फको मतगणना आज



नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणना जारी छ। हालसम्म पदाधिकारीसहित खुला तथा महिला केन्द्रीय सदस्यको मतगणना सकिइसकेको छ। त्यसैगरी समावेशी समूहतर्फ पनि केहीको मतगणनामासकेर विजेता घोषित भइसकेका छन्।

आज प्रदेश अन्तर्गतका केन्द्रीय सदस्यको गणना हुने निर्वाचन समितिले जनाएको छ। हरेक प्रदेशबाट एक महिलासहित तीन जना केन्द्रीय सदस्य निर्वाचित हुने प्रावधान छ।प्रदेश १ र २ को गणना सकिसकेको बताउँदै समितिले अन्य प्रदेशको गणना आजै सक्ने जनाएको छ।

प्रकाशित मिति : पुस ६, २०७८ मंगलबार  ७ : ४५ बजे