माओवादी केन्द्र प्रदेश १ कमिटी अध्यक्षमा हर्कबहादुर नेम्बाङ विजयी



नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्बाङ  विजयी भएका छन् । बुधबार विराटनगरमा सम्पन्न निर्वाचनमा अध्यक्ष पदका लागि मिक्सोले १६९ मत हासिल गरी विजयी भए। उनका प्रतिस्पर्धी मुक्साहाङ मेन्याङ्बो ६४ मतमा सीमित भए । निर्वाचन समितिका अनुसार अध्यक्षको मतदानमा ७ मत बदर भएको छ। विजयी पाँचथरका नेम्वाङ अर्थमन्त्री जनार्दन शर्माका प्रमुख स्वकिय सचिव हुन्।

त्यसैगरी तीनजना उपाध्यक्षमा देवान चामलिङले १२०, शिवकुमार डाँगीले ११३ र मणिकुमार साम्पाङले १११ हासिल गर्दै विजयी भएका छन्। त्यसैगरी सचिव पदमा मोरङका गणेश उप्रेती ९सुशील० ले १४८ मत ल्याएर विजयी भए। उनका प्रतिद्वन्द्वी सिपी कडरियाले ८३ मत ल्याए।

३ जना सहसचिवमा कुमारी राई ११४, ऋषिराम ढुंगाना ९५ र सागर किराँती ७३ ले विजयी भएका छन्। कोषाध्यक्षमा भने ९३ मतका साथ रेवतराज पुरी ९गगन० विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी बन्दना झाँगडले ५७ मत प्राप्त गरेको समितिले जनाएको छ। ९ जना पदाधिकारीका लागि २९ जनाको उम्मेदवारी परेको समितिले जनाएको छ। निर्वाचनमा २४० जनाले मतदान गरेका थिए। १९ जनाले आफ्नो मत दिएनन्।

प्रकाशित मिति : पुस ८, २०७८ बिहिबार  ८ : ३० बजे