इसाई धर्मावलम्बीले क्रिसमस डे मनाउँदैः आज सार्वजनिक बिदा



इसाई धर्मावलम्बीले आज विश्वभर क्रिसमस डे मनाउँदै छन् । धर्मका प्रवद्र्धक जिजस क्राइस्ट ९येशू क्रिस्ट०को जन्मदिन अवसरमा मनाइने क्रिसमस डे उक्त धर्मको सबैभन्दा ठूलो पर्व हो । येशू क्रिस्टले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा उक्त समुदायले आजको दिनलाई भव्य रुपमा मनाउने गर्छन्।

आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु क्रिस्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । हाल नेपालमा करिब ३० लाख क्रिश्चियन धर्मावलम्बी रहेको बताइन्छ । नेपाल सरकारले आज सार्वजनिक बिदाको घोषणा गरेको छ । यद्यपि शनिबार नेपालमा सार्वजनिक बिदा हुन्छ ।

प्रकाशित मिति : पुस १०, २०७८ शनिबार  ८ : ५७ बजे