मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गण्डकी प्रदेश प्रमुख गुरुङद्वारा क्रिसमसको शुभकामना व्यक्त



गण्डकी प्रदेश प्रमुख पृथ्वी मान गुरुङले इसाई धर्मावलम्बीहरूको महान् पर्व ‘क्रिसमस डे’ को अवसरमा नेपाल तथा विदेशमा रहनु भएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भएको छ ।

शुभकामना स्रन्देशमा प्रदेश प्रमुख गुरुङले जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा विश्वभरका इसाई धर्मका अनुयायीहरूले हरेक वर्ष को डिसेम्बर २५ तारिखको दिनलाई धार्मिक सांस्कृतिक उत्सवका रूपमा ‘क्रिसमस डे’ मनाउँने गरेको उल्लेख गर्नु भएको छ ।

उहाँले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश संविधानतः धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको सन्दर्भमा यस्ता धार्मिक उत्सव एवं चाडपर्वहरूले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यवद्धताको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्दछ भन्ने विश्वास लिनु भएको छ ।

प्रदेश प्रमुख गुरुङले यस पर्वले पनि विविध धर्म सँस्कृति मान्ने सम्पूर्ण नेपालीका वीच आपसी सद्भाव सामाजिक एकता र भातृत्व कायम गर्ने अपेक्षा सहित क्रिसमस डे को शुभकामना दिनु भएको हो ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  २ : २९ बजे