मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा हावाबाट उत्पादित वायु ऊर्जा प्लान्ट दुई वर्षदेखि बन्द



विगत चार वर्षअघि सञ्चालनमा आएको सुदूरपश्चिमको एकमात्र वायु ऊर्जा प्लान्ट दुई वर्षदेखि बन्द अवस्थामा छ । एक करोड २० लाखमा निमार्ण गरिएको ३१ किलोवाट क्षमताको सो वायु ऊर्जा प्लान्ट अहिले अलपत्र अवस्थामा छ । कमल बजारमा रहेको हावाबाट उत्पादन हुने विद्युत् दुई वर्षदेखि बन्द अवस्थामा छ ।

२०७४ सालमा निमार्ण सुरु भई सोही वर्षदेखि उत्पादन सुरु भएको विद्युत् सञ्चालनको दुई वर्षपछि पूर्ण रुपमा बन्द भएको हो । नेपाल सरकारको एक करोड, कमल बजार नगरपालिकाको २० लाख गरी कुल एक करोड २० लाखको लागतमा ३१ किलोवाट क्षमताको वायु ऊर्जा प्लान्ट स्थापना गरिएको थियो ।

वायु तथा सौर्य ऊर्जा प्लाट बिग्रँदासमेत सञ्चालनको लागि नगरपालिकाले चाँसो नगरिएको स्थानीय हरिकला बिष्टको भनाइ छ ।कमलबजार नगरपालिका प्रमुख ओम प्रकाश बिष्टले हालसम्म उपभोक्ता समीतीले सौर्य प्लान्ट नगरपालिकालाई हस्तान्तरण नगरेको हुँदा मर्मत नगरिएको बताए ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ११ : ४९ बजे