मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समाजमा सद्भावना बढाउँन तमु ल्होसार महत्वपुर्ण : प्रदेश प्रमुख गुरुङ



गण्डकी प्रदेश प्रमुख पृथ्वी मान गुरुङले गुरुङ समुदायको चाड तमु ल्होसारका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।तमु ल्होसारका अवसरमा शुभकामना दिदै प्रदेश प्रमुख गुरुङले तमु ल्होसार पर्वले नेपाली समाजमा सद्भावना बढाउँदै आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्ने र राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास लिएको उल्लेख गरेका छन् ।

उनले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै तमु जाति लगायत सम्पूर्ण नेपालीलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुन तमु ल्होसारले सबैलाई प्रेरित गर्न सकोस् भन्ने कामना समेत गरेका छन् ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार  १० : ३० बजे