१७ पुस, २०७८ शनिबार । सन् २०२२ जनवरी १ । आजबाट इस्वी नयाँ वर्ष शुरुवातको पहिलो दिन हो । पौषकृष्णपक्ष चतुदशी तिथि, ज्येष्ठा नक्षत्र, गण्ड योग, बणिज करण र चन्द्रमा वृश्चिक राशिमा छ ।
आज सूर्योदय बिहान ६ः५६ मा भएको छ भने १७ः१८ मा सूर्यास्त हुनेछ । शनिबार बिहान नवग्रहको लागि पिपलको रुखमा जल अर्पित गरिन्छ । आज बिहान ९ः३१ मिनेटदेखि १०ः५० सम्म राहुकाल छ । ११ः४७ देखि १२ः२८ सम्म अभिजित मुहूर्त रहेको छ ।
आजका देवता अग्नी र ग्रहदेव शनि रहेका छन् । त्यसैले तपाईंमध्ये कसैलाई शनि दशाका कारण जीवनमा कठिनाइ आएको छ भने त्यसका लागि हरेक शनिबार शनिवेदको पूजा आरधना गर्नु राम्रो हुनेछ ।
आजको राशिफल
मेष चु।चे।चो।ला।लि।लु।ले।लो।अ व्यापारव्यवसायबाट अर्थलाभ हुनेछ । परिवार र सन्तानबाट साथ र सहयोग प्राप्त हुनेछ । परिवारको साथ सहयोगले मात्र तपाईंको योजना सफल हुनेछ । यात्राका लागि सूर्योदय पछि मात्र निस्कनु बेस हुनेछ । आजको यात्राबाट तपाईंलाई फाइदा हुनसक्छ । यात्रा गर्नभन्दा अघि घरका बृद्ध मानिसका आशीर्वाद लिनु राम्रो हुनेछ ।
वृष इ।उ।ए।ओ।वा।वि।वु।वे।वो आजको दिन व्यापार व्यवसायमा सोचेअनुसार नहुन सक्छ । सकारात्मक हुन जरुरी छ । आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट गर्दा नयाँ कार्ययोजना तयार हुनसक्छ । कुनै देवालयको दर्शन गर्नुहोला । अर्थहानी हुनेसक्ने छ त्यसैले होसियारी अप्नाउनुहोला ।
मिथुन क।कि।कु।घ।ङ।छ।के।को।ह परिवार र आफन्तजनले तपाईंमाथि अनेक आरोप लगाउन सक्नेछन् । समय कष्टकर हुनेछ, मनमा निराशा उत्पन्न हुनसक्छ । त्यसैले आजको दिन सकारात्मक सोच राखेर काम गर्नुभयो भने मात्र खुसी हुनसक्नु हुनेछ। कसैसँग विवाद नगर्नुहोला, विवाद हुँदा तपाईंलाई पनि हानी हुनसक्छ ।
कर्कट हि।हू।हे।हो।डा।डि।डु।डे।डो कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाईं र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । यात्रा गर्नुभयो भने अनावश्यक खर्च हुनेछ । देवालयको मन्दिर क्षेत्रमा गएर कुनै गरिव व्यक्तिलाई खाना र बस्त्र दान दिनुहोला ।
सिंह मा।मि।मु।मे।मो।टा।टि।टु।टे आजको दिन आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । साना कुरामा पनि विवाद हुनसक्छ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । स्वास्थ्यमा समस्या देखिएको भएपनि क्रमिक सुधार हुनेछ । आजको दिन नयाँ काम सुरु नगर्नुहोला । सहयोगी आफन्त र मित्रहरुबाट साथ सहयोग हुनेछ । यात्राबाट पनि नयाँ योजना पनि बन्न सक्नेछ ।
कन्या टो।प।पी।पू।ष।ण।ठ पे।पो तपाईंको कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । अध्ययन अध्यापनबाट सफलता प्राप्त हुनेछ । कन्या राशिका जातकले आज स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । साना कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला । शिवालय यात्राले तपाईंलाई मनमा शान्ति प्राप्त हुनेछ । कसैलाई अपमान नगर्नुहोला ।
तुला रा।री।रु।रे।रो।ता।ती।तु।ते आजको दिन यात्रा कार्यमूलक हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नु होला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्रीसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन अर्थलाभ हुने कार्य गर्नुभयो भने फाइदा हुनेछ।
वृश्चिक तो।ना।नि।नु।ने।नो।या।यि।यु यात्राको अवसर र सम्भावना पनि छ । चन्द्रमाको साथ छ । चतुर्दशी तिथि परेपनि तपाईंका लागि केही फाइदा हुने दिन छ । यात्रा गर्दा सूर्योदयभन्दा पछि र सूर्यास्त भन्दा पहिले यात्रा समापन गर्नुहोला । आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । तपाईंलाई विवादबाट हानी मात्र हुनेछ । आर्थिक व्यय हुने सम्भावना छ । आजको दिन अनावश्यक खर्च हुनसक्ने सम्भावना छ ख्याल गर्नुहोला ।
धनु ये।यो।भा।भी।भु।ध।फा।ढ।भे आजको दिन तपाईंले सोचअनुसारको काम हुनेछ । परिवार र स्त्रीजातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । त्यसैले आजको दिन तपाईंलाई आजको दिन मानसम्मान समेत मिल्नेछ । सामाजिक र अध्यात्मसेवाका काम गर्नुहोला । सामाजिक कार्यबाट नै सकारात्मक उर्जा मिल्नेछ ।
मकर भो।जा।जी।जू।जे।जो।ख।खि।खु।खे।खो।गा।गी आजको दिन देवालय र शिवालयको यात्राले मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मानसम्मान प्राप्त हुनेछ । सकारात्मक सोच राखेर काम गर्नुहोला । अनावश्यक आरोप पनि लाग्न सक्छ । त्यसैले आजको दिन संमयताको खाँचो छ । आजको दिन कसैको आशा र भरोसा नराखी आफ्नो कर्मयात्रामा निरन्तर लाग्नुहोला ।
कुम्भ गु।गे।गो।सा।सी।सु।से।सो। स्तपाईंले सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा तपाईंमा सकारात्मक सोच आउने छ । दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ, परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ । साना बालबालबालिकालाई केही खाना र बस्त्र दान दिनुभयो भने मनमा हर्ष छाउने छ ।
मीन९दी।दु।थ।झ।ञ।दे।दो।च।ची० स् आजको दिन अध्ययन अध्यापनमा समय बिताउदा मीन राशिका जातका लागि फाइदा हुनेछ । तपाईंको स्वास्थ्यमा ख्याल राख्नुहोला । परिवारका सदस्यसँग समय बिताउनु होला । घरको काममा ध्यान दिनु भयो भने परिवारमा खुसियाली छाउनेछ। आजको दिन शिवालय र देवालयको यात्रा मात्र गर्नु बेस हुनेछ । लामो यात्रा गर्दा तपाईंलाई समस्या आउनसक्छ । अध्ययन, चिन्तनमनन समय बिताउनुहोला ।









