मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश १ को नाम किराँत प्रदेश राख्नुपर्छ: मुख्यमन्त्री राई



प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रप्रसाद राईले प्रदेश १ को नाम ‘किराँत प्रदेश’ राख्नुपर्ने बताएका छन् । शनिबार टुँडिखेलमा आयोजित साकेला विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले भने, ‘प्रदेश १ मा किराँत राईहरूको हक दाबी लाग्छ । त्यसैले प्रदेश १ को नाम किराँत प्रदेश राख्नुपर्छ ।’

मुख्यमन्त्री राईले किराँत कुनै जात विशेष विषय नरहेको दाबी गरे । ‘किराँत कुनै जात विशेष विषयरसन्दर्भ होइन, यो समग्र नेपालको सभ्यता हो ।’, उनले भने ।मुख्यमन्त्री राईले शुक्रबार जन्मिने मान्छेको नाम शुक्रे र आइतबार जन्मिने मान्छेको नाम आइते भएजस्तै प्रदेश १ को मूलबासी किराँत भएकोले नै त्यसको नाम किराँत हुने बताए ।

‘किराँत प्रदेशको बहुपहिचानको पक्षमा छु । म किराँत प्रदेशको पक्षमा छु’, मुख्यमन्त्री राईले भने, ‘म भूमिको कसम खान तयार छु, म मेरो दललाई किराँत प्रदेशको पक्षमा उभ्याउँछु ।’ उनले किराँत समुदायका सदस्यहरूलाई ‘किराँत प्रदेश’ को पक्षमा उभिन आह्वान गरे ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ३ : ३० बजे