आजको मौसमः बिहान तराईमा हुस्सु, राति उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको संभावना



हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान तराईका धेरैजसो भूभागहरूमा हुस्सु(कुहिरो लागेको छ । दिउँसो सुदूरपश्चिम, कर्णाली र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

राति सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ । बुधबार सुदूरपश्चिम तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : पुस २०, २०७८ मंगलबार  ८ : १६ बजे