किइरान ट्रिपियर ल्याउन न्युक्यासल सहमत



इंग्लिस क्लब न्युक्यासल युनाईटेड फुटबल क्लब ला लिगा क्लब एट्लेटिको मड्रिडलाई १२ मिलियन पाउण्ड थप्न सहमत भएसँगै इंग्ल्याण्ड राष्ट्रिय टोलीका फुल ब्याक किइरान ट्रिपियर न्युक्यासलबाट खेल्ने भएका छन् ।

३१ वर्षीय अनुभवी खेलाडी साउदी पहिलो मालिक एडी होवीको आगमनपछि न्युक्यासलमा हस्ताक्षर हुने पहिलोे खेलाडी बन्नेछन् ।ट्रिपियर सन् २०१९ मा इंग्लिस क्लब टोटनहमबाट एट्लेटिको क्लब जोडिएका थिए । उनको बुधबार नै मेडिकल हुनेछ ।एडी उनै व्यक्ति हुन् जसले ट्रिपियरलाई बर्नलीमा हस्ताक्षर गरेका थिए ।

ट्रिपियरले मड्रिडमा रहँदा ८३ क्याप जित्दै एक ला लिगा उपाधि हात पारे । डिफेण्डर ट्रिपियरले सन् २०२० युरो कपमा इंग्ल्याण्डलाई फाइनल पुर्‍याउन महत्वपूर्ण प्रदर्शन गरेका थिए । नयाँ साउदी मालिकको आगमनसँगै क्लबमा थुप्रै परिवर्तन गर्न लागेको न्युक्यासल हाल भने रेलिगेशन ब्याटलमा छ । १९ खेलमा एक मात्र जित हात पार्दै ११ अंक बनाएको न्युक्यासल १९ औं स्थानमा छ ।

प्रकाशित मिति : पुस २१, २०७८ बुधबार  १ : २४ बजे