संक्रमण बढेपछी सीसीएमसीसीकाे बैठक :ओमिक्रोन भेरियन्ट बढदै गए स्मार्ट लकडाउन



कोभिड १९ को संक्रमणदर बढ्न थालेपछी कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) फेरी सक्रीय हुन थालेको छ । समितिको सिंहदरबारमा बसेको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण बढन नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

बैठकमा कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे छलफल भएको र कोभिड भाईरसको ओमिक्रोन भेरियन्टको संक्रमणदर बढदै गएमा छिट्टै अर्को बैठक बोलाएर स्मार्ट लकडाउन गर्ने विषयमा पनि छलफल भएको स्वास्थ्य मन्त्री विरोध खतिवडाले जानकारी दिए ।

बैठकले तत्काल नाकालाई चुस्त बनाउने विषयमा छलफल भएको पनि मन्त्री खतिवडाले जानकारी दिए ।“ओमिक्रोन बढ्दैछ,” उनले भने, “नाकालाई कसरी चुस्त बनाउने भन्ने विषयमा छलफल भयो । प्रधानमन्त्रीबाट पनि निर्देशन आएको छ । भारतबाट आउनेलाई अहिले स्थानीय तहको समन्वयमा होल्डिङ सेन्टरमा राख्ने तयारी भएको छ ।”

बढ्दो संक्रमणलाई नियन्त्रण र रोकथामका लागि थप सजकता अपनाउने निर्णय भएको र निर्माणाधिन स्वास्थ्य संरचना तुरुन्त बनाउने र बोर्डरबाट भित्रिने नेपालीहरुको पिसिआर र एन्टिजेन टेस्टको दायरा बढाउने गरेर निर्णय भएको उनले ब ताए ।

 

प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार  ७ : २१ बजे