उपत्यकाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दै



पछिल्लो एक सातायता कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या बढ्न थालेपछि सरकारले देशैभर उच्च स्वास्थ्य सतर्कता अपनाएको छ । ओमिक्रोन भेरियन्ट भेटिएसँगै दैनिक झन्डै एक हजारको संख्यामा संक्रमित भेटिन थालेपछि उच्च सतर्कता अपनाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सिमानामा होल्डिङ सेन्टर सञ्चालन गर्ने, भारतबाट फर्किएकाको एन्टिजेन परीक्षण र पीसीआर गर्ने, तत्काल स्वास्थ्य संरचना बनाउने, भारतबाट फर्किएकालाई आइसोलेसनमा राख्ने काम भैरहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच कोरोना संक्रमण दर बढ्दै गएपछि काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दैछ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्न लागेको हो । उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या बढदै गएपछि जोखिम न्यूनीकरणबारे छलफल गर्न बैठक बोलाइएको हो ।

प्रकाशित मिति : पुस २५, २०७८ आईतबार  १० : १७ बजे