पुलिसका आशिफ शेषले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले नाै रन मात्रै खर्चिएका थिए । यस्तै, करण केसी, दीपेन्द्र सिंह ऐरी र पवन सराफले समान एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको पुलिसले कुशल मल्लको २१, पवन सराफको २० र आरिफ शेषको १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।टस हारेर बलिङ पाएको सुदूरपश्चिमको लागि आदित्य महत र नारायण जोशीले सर्वाधिक तीन विकेट लिँदा शेर मल्लले दुई विकेट लिए । जितसँगै समूह ए मा रहेको पुलिसले दुई अंक बटुलेको छ ।
पुस २६, २०७८ सोमबार
0
Shares










