नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य किरणले पुष्पकमल दाहाल प्रचण्ड मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाल र नेत्रविक्रम चन्द विप्लवसँग पार्टी एकता सम्भव नभएको बताएका छन् ।
आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बैद्यले प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, विप्लव नेतृत्वको नेकपा र मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसालसँग पनि एकता सम्भव नभएको बताएका हुन् ।अब क्रान्तिकारी कम्युनिस्टहरूबीच ध्रुवीकरण गरेर अघि बढ्ने उनको दाबी छ ।








