नेकपा एमालेको ५२ जिल्लामा नयाँ नेतृत्व चयन भएको छ । जिल्ला अधिवेशन सुरु भएको पाँचौ दिनसम्म आईपुग्दा ५२ जिल्लामा नयाँ नेतृत्व चयन भएका हुन् । जिल्ला अधिवेशनबाट प्राय नयाँ अनुहारहरु नेतृत्वमा आएका छन् । साथै पछिल्लो समय सिरहामा विन्देश्वर मण्डल सर्वसम्मत र ताप्लेजुङमा भुपेन्द्र थेवे निर्वाचन प्रक्रियाबाट अध्यक्षमा निर्वाचित भएका हुन् ।
आज नयाँ नेतृत्व चयनका लागि जाजरकोट, दैलेख र कास्की लगाएतका जिल्लामा मतदान हुँदैछ भने चितवन र सिन्धुपाल्चोक जिल्लाको अधिवेशन उद्घाटन भएर बन्दसत्र सुरु भएको छैन ।
५२ जिल्ला अध्यक्षमा निर्वाचित हुनेहरु
प्रदेश १
१। झापा – दीपक कार्की
२ मोरङ – ऋषिकेश पोखरेल
३।खोटाङ – रामप्रसाद दंगाल
४।धनकुटा – इन्द्रमणि पराजुली
५। तेह्रथुम – तेजमान कन्दङवा
६ः पाँचथर – राजकुमार भण्डारी
७ः भोजपुर – शरणकुमार राई
८। इलाम-महेश बस्नेत
९। सोलुखुम्बु-डुफकुमार बास्तोला
१०। उदयपुर-प्रमेश्वर घिमिरे
११।ओखलढुंगा-शंकर कटुवाल
१२। ताप्लेजुङ-भुपेन्द्रबहादुर थेबे
प्रदेश २
१। सप्तरी – ताराकान्त चौधरी
२। सिरहा- बिन्देश्वर मण्डल
वागमती
१। धादिङ -भूमि त्रिपाठी
२। काभ्रेपलाञ्चोक -अशोक ब्यान्जु
३। भक्तपुर -बचन देउजा
४। रसुवा -कर्णेल तामाङ
५। रामेछाप -आनन्दकुमार श्रेष्ठ
६। नुवाकोट-बद्री मैनाली
७। मकवानपुर – एकलाल श्रेष्ठ
८। काठमाडौं – दीपक निरौला
९। ललितपुर – पुरुषोतम आचार्य
१०। सिन्धुली-कुमारबहादुर कार्की
११। दोलखा नरबहादुर श्रेष्ठ
गण्डकी
१। गोरखा – प्रेम गुरुङ
२। तनहुँ – श्रीप्रसाद श्रेष्ठ
३। म्याग्दी -देवेन्द्र केसी
४। लमजुङ – कृष्णप्रसाद अधिकारी
५ बागलुङ- हिराबहादुर केसी
६। पर्वत -राजु पौडेल
७। नवलपुर – मुक्ती पाण्डे
लुम्बिनी
१ । पाल्पा – धनेन्द्रराज घिमिरे
२। गुल्मी – बालकृष्ण काउछा मगर
३। अर्घाखाँची – पिताम्बर भुसाल
४। बाँके – किस्मत कुमार कक्षपती
५। बर्दिया – लालबहादुर श्रेष्ठ
६। दाङ – हुकुमबहादुर बस्नेत
७। रुपन्देही – तेजेन्द्र केसी
८। कपिलवस्तु – डम्मर शर्मा निर्वाचित
९ । नवलपरासी पश्चिम- दीपेन्द्र अधिकारी निर्वाचित
१०। प्युठान-बिजयविराज विष्ट
कर्णाली
१। डोल्पा – शेरबहादुर बुढा
२। सल्यान – गोविन्द पुन मगर
३। जुम्ला – शान्तिलाल महत
४। रुकुम-नन्दराम देवकोटा
सुदूरपश्चिम
१ । डडेल्धुरा – प्रकाश साउद
२ । बैतडी(सुरेन्द्र पाल
३। डोटी(चक्र मल्ल
४ । कैलाली – रतन थापा
गैर-भौगोलिक जिल्ला
१। मजदूर विशेष -जितेन्द्र श्रेष्ठ
२। पेशागत विशेष – उमेश ढकाल








