एक संचार माध्यम सँगको अंतरबार्ताको क्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले जुन विषय लिएर सर्वोच्चमा मुद्दा दायर गरेको हो सोही विषयलाई लिएर संसद् अवरुद्ध गर्नु संविधान र संसद्को नियमावलीको विपरीत रहेको बताएका छन् ।
जुन विषय लिएर सर्वोच्चमा मुद्दा दायर गरेको हो सोही विषयलाई लिएर संसद् अवरुद्ध गर्नु संविधान र संसद्को नियमावलीको विपरीत रहेको मन्त्री बडूले बताएका हुन् । “संविधानभन्दा विपरीत कुरा उहाँहरूले गरिरहनुभएको छ । यो विषय संसद्मा उठ्नुपर्ने होइन, किनभने उहाँहरूले यो मुद्दा सर्वोच्चमा पनि हाल्नुभएको छ ।”बडुले भने
सर्वोच्चको फैसलाको प्रतिक्षा गरे भइहाल्यो नि, कुराकानीमा उनले भने, उहाँहरूले जुन माग संसद्मा गरिरहनुभएको छ त्यो विषय त सर्वोच्च अदालत पुर्याइसक्नुभएको छ । एकातिर सर्वोच्च अदालतमा मुद्दा हाल्ने अर्कोतिर हाउसमा नाराबाजी गर्नु संसदीय मर्यादा र नियमावलीको पनि विरुद्ध हो । उहाँहरूले संसदीय व्यवस्था र मूल्यमान्यताको विरुद्ध व्यवहार देखाइरहनुभएको छ । एमाले संसद् र जनताप्रति जिम्मेवार नभएको पनि मन्त्री बडूको टिप्पणी छ ।
प्रमुख प्रतिपक्ष नेकपा एमालेले २०७८ भदौ २३ गतेयता संघीय संसद्का दुवै सदनमा अवरोध गर्दैआएको छ । एमालेबाट अलग्गिएर नेकपा एकीकृत समाजवादी बनाएका माधवकुमार नेपाल, झलनाथ खनाल, रामकुमारी झाँक्रीलगायत १४ सांसदलाई प्रतिनिधिसभा सदस्यबाट निष्कासनको माग गर्दै उसले संसद् अवरोध गर्दैआएको हो । विभाजनसम्बन्धमा निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाले गरेका निर्णय संविधान र कानुनविपरीत रहेको भन्दै एमालेले सर्वोच्च अदालतमा मुद्दा पनि दर्ता गरेको छ । जुन विचाराधीन रहेको छ ।








