पछिल्लो २४ घण्टामा दुई हजार ४४४ जनामा कोभिड संक्रमण देखिएको छ । पन्ध्र हजार ३३ नमुनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित मध्य काठमाडौं उपत्यकाका १ हजार २८६ जना छन् ।पछिल्लो २४ घण्टामा काठमाडौंमा ९८०, भक्तपुरमा ८५ र ललितपुरमा २२१ जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ५ हजार ३१० पुगेको छ ।
आज १ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६०७ पुगेको छ ।त्यस्तै आज ३१३ जना कोभिड संक्रमणमुक्त भएका छन् ।










