काठमाडौं, प्रधानमन्त्री ९पीएम० कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा आज चार खेल हुँदैछन् । टियु मैदानमा दुई खेल हुँदा मुलपानीमा दुई खेल हुनेछ । टियु मैदानमा विहान सवा ९ बजे सुरु हुने खेलमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश भिड्नेछन् । सोही समय मुलपानीमा त्रिभुवन आर्मी क्लब र प्रदेश १ प्रतिस्पर्धा गर्नेछन् ।
बाँकी दुई खेल दिउँसो १ बजे सुरु हुनेछन् । टियुमा प्रदेश २ र लुम्बिनी प्रदेश आमुने सामुने हुनेछन् भने मुलपानीमा एपीएफ र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । दुबै समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल ५ माघमा हुनेछ ।














