२०७८ माघ १४ शुक्रबार

बेलायतको संसदमा चिनियाँ महिलाको घुसपैठ भएको बेलायती गुप्तचर संस्थाको निश्कर्ष

बेलायतको संसदमा चिनियाँ महिलाको घुसपैठ भएको बेलायती गुप्तचर संस्थाको निश्कर्ष


  • 48
    SHARES
    • न्यू सञ्चार
    • शुक्रबार, पौस ३० २०७८
    • काठमाडौँ

    संसद सदस्यहरुलाई अनुचित प्रभाव देखाउन चिनियाँ कम्युनिस्ट पार्टीले एक जना महिला घुसपैठ गरेको बेलायतको गुप्तचर संस्था एमआईफाइले जनाएको छ ।चिनियाँ कम्युनिस्ट पार्टीको पक्षमा प्रभाव पार्न र बेलायतको ‘राजनीतिक गतिविधिलाई हस्तक्षेप गर्न क्रिष्टिने ली नाम गरेकी महिलालाई घुषपैठ गरेको भन्दै एमआईफाइले उनको तस्विर सार्वजनिक गरेको छ ।

    हङकङ र चीनमा भएका विदेशी नागरिकहरुको तर्फबाट लीले बहालवाला सांसदहरुलाई वित्तिय सहयोग प्रदान गरेको एमआर्ईफाइभले जनाएको छ । लीमाथि बेलायतमा प्रतिबन्ध लगाइएको संसदका सवै दलहरुको समूहको सदस्य बन्न खोजेकोसमेत आरोप लगाइएको छ ।

    लन्डनस्थित चिनियाँ दूतावासले ती आरोप अस्वीकार गरेको छ । ‘विदेशीको संसदमा हस्तक्षेप गर्नु हामीलाई कुनै आवश्यक छैन् । हामीले यस्तो प्रयत्न गरेका पनि छैनौं,’ दूतावासले भनेको छ ।

    शुक्रबार, पौस ३० २०७८
    थप समाचार र अन्य विविध जानकारीका लागि हाम्रो फेसबुक र ट्वीटरमा जोडिन

    © 2022 नेपालको संचार – newsanchar.com All right reserved  | Site By : SobizTrend Technology