मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शुक्रबार एकैदिन ५०८७ जनामा कोरोना संक्रमण पुष्टि



पछिल्लो २४ घण्टामा पाँच हजार ८७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार अपरान्हमा दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २० हजार ५६० वटा नमुना परीक्षण गर्दा पाँच हजार ८७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्रालयका अनुसार १३ हजार ४७४ जनामा गरिएको पीसीआर परीक्षणमा चार हजार २०४ जनामा र सात हजार ८६ जनामा एन्टिजेन परीक्षण गर्दा ८८३ जनामा संक्रमण देखिएको हो ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २३५ रहेको छ । पछिल्लो २४ घण्टामा ३०६ जना डिस्चार्ज भएका छन् भने तीन जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ५ : ३० बजे