अग्रपंक्तिमा काम गर्नेलाई कोभीड बिरुद्दको बुस्टर डोज खोप दीइदै



सरकारले कोरोनाविरुद्धको खोप कार्यक्रम अन्तर्गत आजबाट बुस्टर डोज दिने भएको छ । अग्रपंक्तिमा रहेर काम गर्ने व्यक्तिलाई आजबाट बुस्टर डोज खोप दिने भएको हो ।६० वर्ष तथा सो उमेरमाथिका नागरिकलाई पनि बुस्टर डोज दिइने भएको छ । ६० वर्ष तथा सो भन्दामाथि उमेर समूहका नागरिकलाई भने माघ १४ गतेबाट खोप दिइने छ ।

स्वास्थ्य सेवा विभागका अनुसार दुबै मात्रा खोप लगाएको ६ महिना भएको हुनु पर्नेछ । पहिलो र दोस्रो मात्रा जुन खोप लगाएको हो बुस्टर डोजमा पनि त्यही खोप दिइनेछ ।स्वास्थ सेवा विभागले प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र जिल्ला स्वास्थ्य कार्यालयलाई नागरिकलाई बुस्टर डोज दिन निर्देशन दिइसकेको छ ।

प्रकाशित मिति : माघ २, २०७८ आईतबार  ९ : १९ बजे