बिधार्थीहरुलाइ कोभिड–१९ विरुद्धको खोप लगाइदिनका लागि १६ देखि २० माघसम्म विद्यालय खोल्ने निर्णय भएको छ।
खोप अभियान चलाउनका लागि १५ माघपछि चार दिन विद्यालय खोल्ने निर्णय भएको गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाका प्रमुख प्रदीप कोइरालाले बताए ।
कोइरालाका अनुसार विद्यालय खोलिएको समयमा हरेक विद्यालयमा खोप अभियान चलाइने छ ।
हामीले विद्यालयमा खोप अभियान चलाउने निर्णय गरेका छौँ, सम्बन्धित मन्त्रालयले सूचना जारी गर्छन् र कार्यान्वयनमा जान्छ,’ उनले भने।
२५ पुसमा सीसीएमसीसीले गरेको सिफारिस अनुसार १५ माघसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।










