ओमिक्रोन भेरीएन्ट : नेपालमा हालसम्मकै उच्च संक्रमणदर, ५२ प्रतिशत पुग्यो



नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरीएन्ट फैलिएसगै संक्रमणदर पनि ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा परीक्षण गरेकामध्ये ५२ .६ प्रतिशतमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा .समीर कुमार अधिकारीले कुल पीसीआर परीक्षण भएकामध्ये देशभरको औसत संक्रमण दर ५२ .६ प्रतिशत रहेको बुधबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएका हुन् । जुन हालसम्मकै उच्च भएको उनले बताए ।

हिजो मङ्गलवार देखिएको संक्रमित सङ्ख्या भन्दा बुधवाअर एक हजार ९४ ले बढेको छ । मङ्गलवार देशभरमा १० हजार २५८ नयाँ संक्रमित पुष्टि भएको थियो ।

प्रकाशित मिति : माघ ५, २०७८ बुधबार  ६ : ५८ बजे