मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डिशहोम फाइबरनेटद्वारा डिलर दाइ सम्मान कार्यक्रम



डिश होम फाइबरनेटले आफ्ना डिलरहरुलाई क्षेत्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरेर सम्मान गर्नुका साथै पुरस्कार वितरण गरेको छ।

गण्डकी अञ्चल मा डिश होम फाइबरनेटको बिक्रि र बिक्रि पछि ग्राहकलाई उत्कृस्ट सेवा पुर्याउने पोखराका दिप एलेक्ट्रोनिक्स , ओम लामिछाने सप्लायेर्स , स्याङ्जा जिल्लाका रन्जना फेन्सी , लुद्रमान थापा , गोरखाका सरिना एलेक्ट्रोनिक्स , अकला राइस मिल , भट्ट एलेक्ट्रोनिक्स , जनसेवा एलेक्ट्रोनिक्सलाइ उपहार स्वरुप एक एक थान ल्यापटप , साथै बिक्रि पछिको उत्कृष्ठ सेवा प्रदान गर्ने डिलरहरुलाई कम्पनीका यरिया सेल्स मेनेजर प्रदिप सुबेदीले प्रशंशापत्र सहित सम्मान गरे।

उक्त कार्यक्रममा गोर्खा ,लम्जुङ्ग ,स्याङ्जा , तनहुँ र कास्कीका डिस्ट्रीब्युटर, डिलर र कम्पनीका क्षेत्रीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

डिश होम फाइबरनेटले ग्राहकको आवस्यकता अनुरुप आकर्षक र सहुलियत मुल्यमा विभिन्न प्याकेजहरु ल्याएको छ , डिश होम प्रयोग गरिरहेका ग्राहकलाई १० एम्बिपिएस निशुल्क इन्टरनेट सुबिधा देखि ६०० एम्बिपिएस सम्मको प्याकेज उपलब्ध रहेको छ। सुफत मूल्यमा इन्टरनेट जडान र जडान पश्चात ग्राहकले इन्टरनेट प्रयोगको उत्कृष्ठ अनुभव पाउने डिश होमले दावी गरेको छ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहिबार  ७ : ०८ बजे