शनिबार एकैदिन १० हजार २५४ जनामा संक्रमण पुष्टि, १६ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा देशमा थप १० हजार २५४ जनामा कोरोना संक्रमण भएको छ ।२० हजार १८७ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

यही अबधिमा १६ जनाको मृत्यु भएको  छ ।यससगै हालसम्म देशमा ११ हजार ६ सय ५१ जना सङ्क्रमितले ज्यान गुमाइसकेका छन् ।

यही अवधिमा थप ७०८ जना सङ्क्रमणमुक्त पनि भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ८ लाख २० हजार २८३ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

देशभर हाल ७२ हजार ८६२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रकाशित मिति : माघ ८, २०७८ शनिबार  ४ : १३ बजे