मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुस-युक्रेन संकट : नेटोले पठायो युद्ध पोत र लडाकु विमान, पूर्वी यूरोपमा युद्दको सन्त्रास



युक्रेन मुद्दाबारे रूस र पश्चिमा देशबीच जारी तनाव बढेको छ । सोमबार नेटोले पूर्वी युरोपमा अतिरिक्त लडाकू विमान र युद्ध पोत तैनाथीको घोषण गरेसँगै युक्रेन संकट थप गहिरिएको बीबीसीले जनाएको छ।

उता, युक्रेनमाथि रूसको हमलाको आशंकाका बीच आयरल्याण्डले पनि आफ्नो तटीय क्षेत्रमा युद्ध जस्तो अवस्था उत्पन्न हुन नदिने जनाएको छ ।युक्रेनमाथि रूसी हमलाको अवस्थामा अमेरिका र यूरोपीय संघ कडा जवाफी कार्वाहीको लागि साझा कदम उठाउने सम्भावना बारे छलफल गरिरहेका छन् ।

रूसले आफ्नो छिमेकी देश युक्रेनको सीमामा करिब एक लाख सैनिक र ठूलो संख्यामा हतियार तैनाथ गरेको छ । यसलाई लिएर तनावको अवस्था बनेको छ ।तर रुसले भने युक्रेनमाथि आक्रमण गर्ने योजनालाई अस्वीकार गर्दै आएको छ ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ९ : ३७ बजे