मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेकु अस्पतालमा आजदेखि खोप अभियान पुनः सुरु हुँदै



शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा (मंगलबार) आजबाट पुन: खोप अभियान सञ्चालनमा आउने भएको छ ।

काठमाडौं महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी काठमाडौंबाट जनशक्ति व्यवस्थापन हुने भएकोले नियमित रुपमा खोप कार्यक्रम सञ्चालन हुने अस्पतालले जनाकारी दिएको हो ।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितका साथै कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढिरहँदा खोप लगाउनेहरुको भीड अस्पतालमा लागेको थियो थियो ।

तर, अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड९१९ बाट संक्रमित भएपछि सोमबारदेखि ७ दिनका लागि खोप अभियान स्थगित गरिएको थियो ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ९ : ५३ बजे