मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जापानबाट १० अर्ब ४७ करोड सहुलियतपूर्ण ऋण प्राप्त हुँदै



नेपालको आर्थिक स्थायित्व र सरकारले थालेका विकास निर्माणका परियोजना कार्यान्वयन तथा कोभिड–१९ पछिको आर्थिक पुनरुत्थानमा सघाउन जापान सरकारले नेपाललाई रु १० अर्ब ४७ करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।

ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा आज अर्थसचिव मधुकुमार मरासिनी तथा नेपालका लागि जापानका राजदूत किकुटा युटाकाले हस्ताक्षर गरे । उनिहरुले अर्थमन्त्रालय र जापानी राजदूतावासमा एक्लाएक्लै सम्झौतामा हस्ताक्षर गरेका हुन् । हस्ताक्षरपछि सम्झौतापत्र आजै आदानप्रदान भएको थियो ।

उक्त सहायताको उद्देश्य आर्थिक तथा वित्तीय नीति तथा संस्थाहरूको सुधारका साथै स्वदेशी औद्योगिक आधारलाई सुदृढ गर्ने र गरिब तथा जोखिममा परेका जनताको सुरक्षामा सरकारको प्रयासलाई जोड दिनु हो । उत्थानशील र आर्थिक स्थायित्व बढाएर मुलुकको दीर्घकालीन आर्थिक वृद्धिमा योगदान पु¥याउने तथा नेपाल सरकारको बजेट खर्चमा समेत उपयोग गर्न सकिने अर्थमन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ७ : ११ बजे